काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलाई संसदीय दलको नेतामा मनोनीत गर्नुभएको छ । आज सोमबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो ।

काङ्ग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “सम्माननीय प्रधानमन्त्री, नेपाली काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता श्री शेरबहादुर देउवाज्यूले नेपाली काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा सदस्य माननीय रमेशजङ्ग रायमाझीलाई नेपाली काङ्ग्रेस राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ ।”
यसअघि, काङ्ग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीको राष्ट्रियसभाको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो ।