काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको दुर्व्यसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।

एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।