काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्र गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रपति प्रमाणीकरण गरेर पठाएको पत्रको ब्यहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

हेर्नुहोस् यस्तो छ कार्यसूची: