काठमाडौं – काठमाडौं महानगरभित्रका ३२ वटै वडामा डेंगु नियन्त्रण अभियान चलाइने भएको छ । उपत्यकामा मा बढ्दै गएको डेंगु सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका नौ वटा वडामा भोलिदेखि र अन्य वडाहरुमा पनि छिट्टै यो अभियान चलाइने भएको हो ।

महानगरको नगर कार्यपालिका बैठकमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनचेतना र सरसफाईलाई लक्षित गरी अभियान अघि बढाइने बताउनुभयो ।

महानगरभित्र डेंगु र हैजा सङ्क्रमण बढ्दै गएपछि महानगरभित्रका नौवटा वडाले आज स्वास्थ्य कार्यालय काठमाडौंसँग आज छलफल गरेका थिए ।