फाइल तस्वीर

काठमाडौं – काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि पाँच सय रुपैयाँ पु¥याइएको हो । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।