काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन हुनुभएको छ ।

एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।