काठमाडौं – सङ्घीय संसद महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ । सङ्घीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको हो ।

“नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गर्नु भएका छ,” सूचनामा भनिएको छ, “महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।”

राणाविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको हो । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि आगामी बुधबार बोलाएको छ ।