फाइल तस्वीर

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ३१ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ८७ जना, लेन अनुशासन पालना नगर्ने १ सय ३ जना, रेड लाइटमा सवारी साधन चलाउने ७५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २ सय ९१ जना र राम्रोसँग नम्बर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ७ सय ४४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।