काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा गई अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नुभएको थियो ।

तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरे भनी ढिपी मात्र नगरी, मेयरलाई डन नबन्न चेतावनी समेत दिनुभयो । त्यसपछि काठमाडौं महानगरका मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने भन्दै उल्टै सवालजवाफ गर्नुभयो ।

अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्मासँगको विवादपछि फर्किनुभएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुग्नुभयो । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेपनि महानगरको टोलीले त्यसलाई ध्यान नदिई अवैध रुपमा हालेको सटर हटाएको छ । फार्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा डोजर चलाएको छ ।