फाइल तस्वीर

काठमाडौं – सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ । कार्यदलका संयोजक तथा नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनु हुनेछ । कोरोना भाइरसको सङ्क्रमण भएका कारण उहाँ बैठकमा अनुपस्थित हुने बताइएको छ ।

कार्यदलको बैठक बालुवाटारमा पटक–पटक बस्दै आए पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँडमा कुरा मिल्न सकेको छैन ।