काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेविसङ्घ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो ।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको त्रिवि नेविसंघका उपसभापति लक्ष्मण भाटले जानकारी दिनुभयो ।

उपकुलपतिलाई नभेटेपछि उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । नेविसङ्घले प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ ।