काठमाडौं – काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलद्वारा बनाइएको अवैध संरचना भत्काएको छ । अन्डरग्राउन्डमा पार्किङ खाली नगरिएको र नक्सा पास नगरी केही संरचनाहरू बनाइएकाले महानगरले डोजर प्रयोग गरी संरचना भत्काएको हो ।

त्यहाँ भएका पसल खाली गराएर महानगरले संरचना भत्काउनु सुरु गरेको थियो । महानगरका अनुसार मलअगाडिको खाली छोडिने भनेर नक्सा पास गराइएको स्थानमा खाजा घर, साना पसलहरू खोल्न टहरा बनाइएका थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा पुगेको थियो । कर्मचारी सञ्चयकोषको भवन भाडामा लिएकाहरुले अनधिकृतरुपमा नक्सा विपरित संरचना बनाएर प्रयोग गरिरहेको बताइएको छ । त्यस्तो संरचनाको प्रयोगले भूमिगत पार्किङमा समस्या आएको थियो ।