फाइल तस्वीर

काठमाडौं – निलम्बित प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा सम्बन्धि महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्दै छ । यहि २९ भदौं भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज बुधबार पनि बस्ने भएको हो ।

मङ्गलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ । समितिले २९ भदौं भित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । सोबारे आजको बैठकमा थप छलफल हुनेछ । १ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो ।