काठमाडौं – प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । नेकपा एमालेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै प्रतिनिधिसभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधिसभाको बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक बस्दैछ । यसैगरी ९ गते पोलिटव्यूरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्नुभयो ।