फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । अहिले बिहान १० बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसअघि उक्त विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।