फाइल तस्वीर


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । यसअघि सोमबार साँझ बसेको बैठकमा सिट बाँडफाँडबारे छलफल भए पनि बिना निष्कर्ष टुङ्गिएपछि सिट बाँडफाँडमा सहमति जुटाउन आज पुन: बैठक बस्न लागेको हो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड गरेर चुनावमा जाने सहमति भए पनि सहमति जुट्न नसक्दा अन्योलता बढेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने उहाँको दाबी छ ।