काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यहि भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै नतिजा सार्वजनिक गर्नेबारे छलफल भइरहेको छ ।

परीक्षा नियन्त्रक रायामाझीले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षामा सहभागि परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नतिजाको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ, यही भदौ १५ गते सार्वजनिक गर्ने तयारीमा छौं ।’

यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागि भएका थिए ।