फाइल तस्वीर

काठमाडौं – सत्ता गठबन्धन कार्यादलको बैठक बस्दै छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अपराह्न ३ बजे बस्ने भएको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । सो कारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।