काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । समाजवादी चिन्तक एवम् नेपाली काङ्ग्रेस नेता गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो । उहाँको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो ।