काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपाल इञ्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणिकरण भएका छन् ।