काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी)ले शपथ लिनुभएको हो ।

उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।