काठमाडौं – काङ्ग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको छ ।

अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्‍याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली दिनुभएको हो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँको शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ११:३० देखि २ बजेसम्म काङ्ग्रेस पार्टी कार्यालय सानेपामा राखिएको थियो । पार्टी कार्यालय पुगेर सभामुख अग्नि सापकोटा, पूर्वप्रधानमन्त्रीहरु, सांसद र काङ्ग्रेसका नेता कार्यकर्ताले गिरिप्रति श्रद्धाञ्जली दिनुभएको थियो । अन्त्येष्टिका लागि पशुपति पुर्‍याइएको गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु आर्यघाट पनि पुग्नुभएको छ ।