काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ । जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा बापत २० लाख रूपैयाँ उपलब्ध गराउने भएको हो ।

ललितपुरमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम भइसकेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन भएको कर्मचारी हुनेछन् ।

उहाँले ७७ जना जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतमा (न्याय सेवाका रा.प द्धितिय श्रेणीका कर्मचारी) ८८ जना गरी कुल १६५ जना कर्मचारी परिचालन गरिने जानकारी दिनुभयो ।