काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय २३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २ सय २ जना, लेन अनुशासन पालना नगर्ने ४७ जना, रेड लाइटमा सावरी साधन चलाउने १ सय ५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ जना र नदेखिने गरी नम्बर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार १ सय ५६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।