काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने भएको संसद सचिवालयले जनाएको हो ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक पेस हुने भएको छ ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक २०७९ पेस हुने भएको हो । उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

हेर्नुहोस् कार्यसूची: