काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिको निधनमा दु:ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले एक टट्वि गर्दै उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको जनाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले स्वर्गिय प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।