काठमाडौं – नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप (तुलसी) गिरिको निधन भएको छ । ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।