फाइल तस्वीर
काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो ।

स्रोतका अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहनुभएको छ ।
यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहनुभएको छ ।