काठमाडौं – उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।

दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।