काठमाडौं – युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डल आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । त्यस्तै भेटमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे पनि चासो व्यक्त गरेका थिए ।

भेटको क्रममा उनीहरूले गम्भीर मानव अधिकार उलङ्घनको घटना र पीडितहरूको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका संवेदनशीलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगभयो ोमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।