काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुङ्गो लगाउन भन्दै बोलाइएको हिजो शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य साङ्गठनिक संरचनालाई पूर्णता दिन नसकेपछि आजको बैठकले पदाधिकारीको टुङ्गो लगाउने सम्भावना बलियो रहेको जनाएको छ ।