फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको छ ।

आज शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताततै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको हो ।

महामन्त्री शर्माले फोहरको दीर्घकालिन समाधान र महानगरका प्रमुख बालेन (बालेन्द्र) साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहेको जिकिर गर्नुभयो । शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन नसकेको उहाँको भनाइ छ । त्यस्तै शर्माले युवाहरूले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राख्नुभयो ।