काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२ जना, लेन अनुशासन पालना नगर्ने १ सय १४ जना, रेड लाइटमा सवारी साधन चलाउने ८२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २२ जना र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५ सय ९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।