काठमाडौं – माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभागृहमा अहिले बिहान ११ बजे भेला उद्घाटन हुने वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिनुभयो । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।

भेलाले विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताउनुभयो ।