फाइल तस्वीर

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुङ्गो लगाउने तयारी गरेको छ ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुङ्गो अझै लाग्न सकेको छैन ।