सुनसरी – सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १ ०२ ०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे आपसमा ठोकिएका हुन् । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।