फाइल तस्वीर


काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौंको कलङ्कीस्थित खसीबजार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आज बिहीबार एक सूचना जारी गर्दै कलङ्की खसी बजार हटाउन निर्देशन दिएको हो ।

बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएपछि महानगरले सूचना प्रकाशित भएको १५ दिनभित्र खसीबजार सञ्चालन गर्ने ब्यवसायीहरूले वैकल्पिक ब्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

बस्तिको बीचमा रहेका यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।