धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । मेयर राईले सय दिनमा १३ वटा कामका विवरण सार्वजनिक गर्नुभएको हो ।


सय दिनमा के गरिस तँैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै साम्पाङले फेसबुकबाट कामको विवरणहरू सार्वजनिक गर्नुभएको छ । उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको उल्लेख गर्नुभयो ।


त्यस्तै चार ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख विरुवा रोपेको पनि उल्लेख गर्नुभएको छ ।
’व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ । सरसफाइमा देखिने सुधार ल्याएँ’ उहाँले लेख्नुभएको छ, ’प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ । जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।’

साम्पाङले गरेका कामहरू
सय दिनमा के गरिस तँैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !