काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बस्न लागेको हो ।

आजको बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुङ्ग्याउने निर्णय गरेको थियो ।

साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँडलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुन बताइएको छ ।