काठमाडौं – सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । अहिले बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा बस्नेछ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । साथै सिट बाँडफाँड कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुन: राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश गरिएको छ ।