काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।