काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकमा आगामी आम निर्वाचनसँग केन्द्रीत भएर छलफल हुने बताइएको छ ।

यसअघि हिजो मङ्गलबार बसेको माओवादी स्थायी समिति बैठकमा डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने निर्णय भएको थियो। आगामी मंसिर ४ गते हुने सङ्््््््घ र प्रदेशसभा निर्वाचनमा भट्टराई र गौतम दुवैले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने हुनुभएको छ । भट्टराईले गोरखा–२ बाट आफ्नो टिकट सुरक्षित गर्नुभएको छ भने गौतम प्युठानबाट निर्वाचन लड्ने हुनुभएको छ ।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने बताइएको छ ।