बारा – बाराको निजगढ नगरपालिका–६ पानीट्याङ्कीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् ।

आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।