बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन् । प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी रहेका छन्।

हाल बुटवलवाट प्रकाशित हुदैँ आएको टवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका थिए ।