काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम सवज्ञान विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ । वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ ।