काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि पदच्युत गर्नुपर्ने तरुण दलले माग गरेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको भन्दै राजीनामा माग राख्दै राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन् ।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप छ । राष्ट्रपतिले हिजो संसदका दुबै सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नै नगरी फिर्ता पठाइ दिनुभएको थियो ।