काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र पदाधिकारी चयनलगायतका विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।