फाइल तस्वीर

काठमाडौँ – सत्तारूढ दल नेपाली काङ्ग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको हो ।

काङ्ग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण गर्न लागिएको हो । अभिमुखीकरण कार्यक्रममा जिसस प्रमुख र उप्रमुखलाई पनि सहभागी गराइने जनाइएको छ ।

प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । अभिमुखीकरण कार्यक्रम बिहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कार्यक्रम उद्घाटन गर्ने तय भएको जनाइएको छ । पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार ७ सय भन्दा बढी सहभागीहरूसहित आज र भोलि ललितपुरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ ।