काठमाडौं – आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश नम्बर–१, मधेस प्रदेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।