काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित, आंशिक तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ परीक्षाको आवेदन दिएका परीक्षार्थीका लागि तालिका सार्वजनिक गरेको हो ।

एक विषय मौका परीक्षाको आवेदन फारम खुला

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । विभिन्न कार्यक्रमहरु र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको मितिसम्म प्रथम र दास्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका सैद्धान्तिक एक विषयको मौका परीक्षा असोजमा सञ्चालन गर्ने भएकोले आवेदन फारम भर्नका लागि सूचना जारी गरेको छ ।

सम्बन्धित परीक्षार्थीहरुले भदौ १२ गतेभित्र नियमित शुल्कमा र भदौ १९ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरुमा आवेदन फारम भरी बुझाउनु पर्नेछ ।

c111.jpg

c222.jpg